देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहसचिव दुई महिला सचिवमा बढुवा सिफारिस

देशान्तर


काठमाडौं । नेपाल सरकारका दुई महिला सहसचिव एकैपटक सचिव पदमा बढुवा सिफारिस भएका छन्।

आज बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका सहसचिवहरू निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराई कामु सचिवको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। बढुवापछि उनी यथावत् रूपमा सोही आयोगमै सचिवका रूपमा कार्यरत रहनेछिन्।

त्यसैगरी, निर्वाचन आयोगको दरबन्दीमा रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव इन्दिरा दाहाल भट्टराईलाई नेपाल कानून आयोगमा सचिवका रूपमा सिफारिस गरिएको छ।न आयोगमा सचिवका रूपमा सिफारिस गरिएको छ।