देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले पाए निरन्तरता

देशान्तर


काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् । अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।

“नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ– “सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ ।” 

एकाे छ ।”