देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवार पोखरा पुगेको खुलासा

देशान्तर

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।

यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

उनका अनुसार तीनवटा कोठा लिएर उनीहरू बसेका थिए । १५–१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए ।