देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ ।

आगामी पुस १६ गतेसम्म मात्र राष्ट्रसंघको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।