देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाग्मती कांग्रेस संसदीय दलको नेतामा आज मतदान

देशान्तर


काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।

संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । यस्तै हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दनराज काफ्ले र रामकुमार पहाडी छन् । यस अगाडि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।