देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगारी : एक वर्षमा ११८० नेपालीको शव आइपुग्यो

देशान्तर

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा एक हजार १८० नेपालीको शव घाटसम्म ढुवानी गरेको छ। त्यस्तै एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ।

यो वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा बिरामी ६९८ जना श्रमिकलाई आर्थिक सहायता प्रदान गरेको छ। २७५ श्रमिकका परिवारलाई उपचार खर्च प्रदान गरेको छ।

श्रमिकका छोराछोरी तीन हजार ९९० जनाले छात्रवृत्ति पाएका छन्। एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाएको बोर्डले जनाएको छ।

यो अवधिमा वैदेशिक रोजगारीमा जान इच्छुक १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको जनाएको छ।