देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक बस्दै

देशान्तर

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

बैठक  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।

बैठकमा संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देश पढेर सुनाउनेछन् ।यस्तै, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरूलाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ लाई अनुमोदन गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।