काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रवि लामिछाने राखिएको रुपन्देही जिल्ला कारागारको अनुगमन गरेको छ ।
अनुगमनपछि आयोगकी आयुक्त लिली थापाले रुपन्देही कारागारमा कैदीबन्दीको अवस्था नाजुक रहेको प्रतिक्रिया दिएकी छिन् । आयुक्त थापाले क्षमताभन्दा तेब्बर कैदीबन्दी राखेर सरकारले व्यवस्थापनमा कमजोरी गरेको बताइन । सो कारागारमा रविलाई राखिएको कोठामा झ्यालहरु थुनेर राखिएको उनको भनाई थियो ।
उनले रविको कोठामा एसी नभएको दाबी गरिन् । उनले पंखा राखिएको भएपनि कोठामा झ्याल नै बन्द गरिएको बताईन । उनले कारागामा क्षमताभन्दा बढि कैदीबन्दीहरु राखिएको हुँदा उनीहरुको मानवअधिकारको प्रत्याभूति नभएको बताईन् ।





प्रतिक्रिया