देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह

देशान्तर

बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको मागेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उनले विश्वासको मत मागेका हुन् ।

प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गरेका छन् ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।