देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘चिनीका बोरालाई चामल भनेर भन्सारबाट बिल पास’

देशान्तर

काठमाडौं।राष्ट्रिय सभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उनीहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुन नसकेको बताए ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिए ।

चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाए । राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाह (गरिमा)ले युवा लक्ष्यित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मतसम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गरिन् ।