देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा कांग्रेस–एमालेको भागबण्डा, कहाँ कसलाई ?

देशान्तर

काठमाडौं । सरकारले विभिन्न चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।

कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उपकुलपति नियुक्त गरेका हुन्।

स्रोतका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

यस्तै, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री नियुक्त भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्। उपकुलपतिको पदावधि चार वर्ष हुन्छ।

प्रधानमन्त्री ओलीले उपकुलपति सिफारिस गर्न सहकुलपति अर्थात् स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका थिए।