देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानेनिकट मोहन थापालाई अमेरिकाले किन गर्‍यो निष्कासन ?

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेनिकट मोहनबहादुर थापा अमेरिकी सरकारको डिपोर्ट (निष्कासन)मा परेर एक साताअघि काठमाडौं आइपुगेका छन् ।

रास्वपाका पूर्वकेन्द्रीय सदस्य थापा म्याग्दीका बासिन्दा हुन् । अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो ।

साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो ।

उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो ।