देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वामदेवलाई तेस्रा वरीयता, पत्नीसहित तीनजनालाई पोलिट्ब्युरो सदस्य

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । उनलाई आजै अध्यक्ष नेपालले शपथ ग्रहण गराएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै डिबी कार्की, तुलसा थापा र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिइएको छ भने, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ ।

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान गत २७ असारमा एकीकृत समाजवादी पार्टीमा समाहित भएको थियो ।