देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लिङ्देन-राणाबीचको मतभेदको समाधान के?


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाबीचको मतभेदले पार्टीमा गम्भीर आन्तरिक संकट निम्त्याएको छ।

सामाजिक सञ्जालमा उगुना शाही लेख्छिन् । आजको यथार्थ के हो भने, राप्रपा पार्टीभित्र केही नेताबीच असहमति र तिक्तता बढ्दैछ – विशेषगरी राजेन्द्र लिङ्देन र धवल राणा बीच देखिएको मतभेदले संगठनलाई कमजोर बनाउने खतरा बढेको छ। यसलाई एकता, विश्वास र बैकल्पिक नेतृत्वद्वारा सन्तुलन गर्न सकिने छ, र यसका लागि न त लिङ्देन पक्षीय, न त राणा पक्षीय देखिने- तर सबै पक्षले स्वीकार्न सक्ने नेता चाहिन्छ।

रवीन्द्र मिश्र त्यस्तै नेता हुन् – गुटभन्दा माथि, विचारमा केन्द्रित, र सबै नेतासँग काम गर्नसक्ने सन्तुलित व्यक्ति।

 रवीन्द्र मिश्र किन अबका अध्यक्ष?- ठोस आधारहरू

१. वैचारिक दिशा दिनसक्ने क्षमता – संविधान, धर्म, संघीयता जस्ता विषयमा स्पष्ट सोच राख्ने गहिरो नेता, जसले पार्टीको मार्गदर्शन दीर्घकालीन रूपमा गर्नसक्छ।

२. गुट–विग्रह मेटाउने संयोजक शक्ति – मिश्र कुनै व्यक्तिगत गुटका नेता होइनन्। उहाँ पार्टीको साझा विचारको प्रतिनिधि बन्न सक्नुहुन्छ।

३. शहरी, शिक्षित र मध्यमवर्गीय भोट तान्ने क्षमता – जसले भविष्यमा चुनाव जित्ने खेल परिवर्तन गर्न सक्छ।

४. अन्तर्राष्ट्रिय दृष्टि र सभ्य राजनीतिक शैली -जुन राप्रपालाई केवल सडक आन्दोलन होइन, नीतिगत बहसमा अग्रणी बनाउनेछ।

५. सन्तुलित व्यक्तित्व र व्यापक पहिचान – मिश्र विचार र कार्यशैलीमा सन्तुलित छन्, जसले विभिन्न धारका नेताहरूलाई एउटै उद्देश्यमा बाँध्न सक्छ। BBC जस्तो गरिमामय अन्तर्राष्ट्रिय मिडियामा लामो अनुभवका कारण उहाँ सभ्य, अनुशासित र विश्वासिलो छविका धनी हुनुहुन्छ। यसले उहाँलाई गाउँ-गाउँसम्म चिनेको र सम्मान गरेको व्यक्तित्व बनाएको छ।

 लिङ्देन र राणा दुवैलाई समेट्ने नेता – मिश्रले संगठनात्मक काममा धवल राणा, र चुनावी राजनीतिको मोर्चामा लिङ्देनजस्ता नेताहरूसँग सँगसँगै अगाडि बढ्न सक्ने सम्भावना बोकेका छन्।