देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिंहदरबारमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवको भेटवार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी थिए ।