काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढिरहेको छ भन्दै नेपाली कांग्रेस र एमालेको सत्ता सहकार्य तलमाथि नहुने दावी गरेका छन् । उनले यो गठबन्धन ०८४ को निर्वाचनसम्म कायम रहने पनि बताए ।
आज पाल्पाको तानसेनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने–कसैले चाहँदैमा, रोइकराइ गर्दैमा यो सरकार ढल्ने कुनै वातावरण र अवस्था छैन । उनले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीन थरी शक्ति प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्ववा र सरकार ढाल्ने बनाउने खेलमा लाग्ने माओवादीको भविष्य नेपालमा नभएको पनि दावी गरे ।
उनले अब जनतालाई भ्रमित पार्नेहरुको नेपालमा कुनै भविष्य नभएको दाबी गरे । विरोधको राजनीति गरेर, जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरूले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरूको नियत थाहा पाएको उनको भनाई थियो ।





प्रतिक्रिया