देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीलाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिश्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका सचिव मिश्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सो जानकारी दिए ।

भेटका अवसरमा दुुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रुपमा अहिलेसम्म घोषणा गरेका छैनन् ।

दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।