देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार महिनामा विपद्जन्य घटनाबाट १ सय ३० जनाको मृत्यु

Deshanter News

काठमाडौं । यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौ १ गतेसम्म) दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु भएको छ । ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २८७ घटनामा चार र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् ।