देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ

देशान्तर

शुक्रबार साँझ चितुवाको आक्रमणबाट बर्दियाको गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन् । स्थानीयबासीले चितुवालाई नियन्त्रणमा लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् ।

चितुवा नियन्त्रणमा नलिँदा सम्म शव नबुझ्ने मृतकका आफन्तीले अडान लिएका छन् । फेरी पनि अर्को घटना हुन सक्ने भएकोले चितुवा नियन्त्रण लिनुपर्ने गुलरिया नगरपालिका वडा नं १२ की वडा सदस्य भावना चौधरीले बताए ।

पीडित परिवार र स्थानीयको विरोध पछि पीडित पक्ष र जिल्ला प्रशासन कार्यालय विच सहमती भएको छ । डिभिजन वन, सुरक्षा निकाय, सामुदायीक वन र स्थानीय तहले समन्वयत्मक रुपमा सुरक्षा व्यवस्था मिलाउने, चितुवा नियन्त्रणको लागि आवश्यक्ता अनुसार खोर राख्ने, पीडित परिवारलाई व्यवस्था भए अनुसार राहत उपलब्ध गराउने लगाएतको सहमती भएको  वडाध्यक्ष रामकुमार थारूले बताए ।  

समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिई जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिने लगायतका माग उनीहरुले राखेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमती भएपनि पीडित परिवारले भने शव जिम्मा लिएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार काम सुरु