काठमाडौं । दुई साता अगाडि डिल्लीबजार कारागारबाट छुटेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको बताए । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताए । प्रसाईँले आफूलाई इन्काउन्टर गर्ने थाहा पाएपछि गत चैत १५ गतेको घटनापछि भागेको समेत बताएका छन् ।
उनले तीनकुनेमा भइरहेको आन्दोलनका क्रममा एक जना सिभिल प्रहरीले आएर मार्ने योजना छ भनेपछि भागेको बताएका हुन् । उनले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने पनि बताए ।





प्रतिक्रिया