देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

देशान्तर

काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रालि र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस बैङ्कका ग्राहकहरूले परामर्शदाता ओपिडी/आपत्कालीन ओपिडी, प्रति दिन सामान्य बेड (अस्पतालमा भर्ना), प्रति दिन क्याबिन (अस्पतालमा भर्ना), प्रति दिन आइसियु बेड, प्रति दिन एनआईसीयू बेड, प्रति दिन पोस्ट-अपरेटिभ कोठा, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक सर्जरी, प्याथोलोजी परीक्षण, भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इको, एन्डोस्कोपी, मेडिसिन जस्ता सेवाहरूमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।