काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफुले पार्टीमा जिम्मेवारी नपाएको गुनासो फेरि गरेका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा उनले आफुलाई पद नभई जिम्मेवारी चाहिएको बताए । मलाई वरिष्ठ नेताको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस्, उनले भने– म जनताको बीचमा सिधै जान चाहन्छु । उनले आफु अहिले दिनदिनै पार्टी कार्यालयमा पुगेर फर्कनु मात्र परिरहेको गुनासो पनि गरे ।





प्रतिक्रिया