देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राज्यव्यवस्था समितिको सभापति उम्मेदवार छान्न कांग्रेस शीर्ष नेताहरु छलफलमा

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिको उम्मेदवार छान्न नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

यसैक्रममा सभापति शेरबहादुर देउवाले आज आफ्नै निवास, बुढानीलकण्ठमा बोलाएको शीर्ष नेताहरूको बैठक अहिले जारी छ । बैठकमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको सहभागिता रहेको छ ।

संघीय संसद् सचिवालयले समिति सभापतिका लागि मंगलबार दिउँसो एक बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची तय गरेको छ ।