देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राज्यव्यवस्था समितिको सभापतिमा कांग्रेसकी न्यौपानेद्वारा उम्मेदवारी

देशान्तर


काठमाडौ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।

संसदीय सुनुवाइ समितिको सभापतिबाट आजै राजीनामा दिएर उनी राज्य व्यवस्था समितिको सभापतिमा उमेदवार बनेकी हुन् । यस अगाडि आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । सभापति चयनका लागि भोलि बुधबार दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ । कुलिङ पिरियड गडबडी प्रकरणमा विवादमा परेपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले साउन २७ गते राजीनामा दिएपछि पद रिक्त छ ।