देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भदौ १८ देखि निजी बिद्यालय बन्द गर्ने चेतावनी

देशान्तर


काठमाडौं । निजी बिद्यालय सञ्चालकहरुको संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले आफ्ना मागहरु पुरा नभए यही भदौ १८ गतेदेखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

ती संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग सरकारले सुनुवाइ नगरे विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने, आवासीय सुविधासहितको विद्यार्थी संख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनेलगायत विषयमा असन्तुष्टि जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलनमा उत्रिएका छन् ।