देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

देशान्तर

काठमाडौं । संखुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छिन् । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदभार ग्रहण गरिन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई संखुवासभाको उन्नयनमा लगाउने दाबी गरिन् ।

उनले भनिन्, ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।’