देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपा नेता पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय योजना आयोगका पूर्वकेन्द्रीय सदस्य समेत रहेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले शुक्रबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । त्यसै उजुरीका आधारमा उनलाई नेपाल प्रहरीको साइबर व्यूरोले नियन्त्रणमा लिएको थियो ।