देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले चिनियाँ राष्ट्रपतिसँग भने : लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिमा आपत्ति छ

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बताएका छन्।

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन सहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।

चीनको थियानजिनको अतिथि गृहमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीचकाे द्विपक्षीय भेटवार्तामा ओलीले यस्ताे आपत्ति जनाएका हुन् ।