देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस वर्षको मिस नेपालको ताज लुना लुइँटेललाई

देशान्तर

यस वर्षको मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिवार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा लुना लुइँटेलले अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। उनलाई गत वर्षकी मिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन्।

अन्य प्रमुख उपाधि विजेताहरू

मिस अर्थ: सोनी घले

मिस इन्टरनेशनल: उरूशा भण्डारी

फर्स्ट रनरअप: दिपशिखा नेपाल

विभिन्न सब-टाइटल विजेताहरू

निर्णायक मण्डलले अन्य विभिन्न सब-टाइटलका विजेताहरूको नाम पनि घोषणा गरेको छ:

मिस कन्फिडेन्ट: प्रगिका क्षेत्री

मिस टाइमलेस एलिगेन्स: उरुशा भण्डारी

मिस हेल्दी स्किन: आरती थापा

मिस ग्रीन भिजनरी: जगदिश्वरी शाह

मिस प्रिस्टिन: प्रियंका थापा

मिस पपुलर च्वाइस: उरुशा भण्डारी

मिस ब्युटिफुल हेयर: स्वेच्छा थापा

मिस एम्पावर्ड च्वाइस: दीपशिखा नेपाल

फेस अफ द इयर: स्मृति श्रेष्ठ

हिडन ट्रेजरले आयोजना गरेको यो मिस नेपालको ३१औँ संस्करण हो। यस कार्यक्रममा २६ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा, आत्मविश्वास र सुन्दरता प्रस्तुत गरेका थिए।