देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

देशान्तर


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दाको आज दोस्रो सुनुवाइ होे।

अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो । भदौ १, २०७९ मा शाह विरुद्ध मुद्दा दायर भएको थियो ।


नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।