देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् बैठकका २४ निर्णय

देशान्तर

काठमाडौँ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।

जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ ।

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको गुरुङले जानकारी दिए ।