देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमेरिकाले निष्कासन गरेका १९ नेपाली काठमाडौं आइपुगे

देशान्तर

काठमाडौं । अमेरिकाले निष्कासन गरेका १९ जना नेपाली काठमाडौं आइपुगेका छन्। ओम्नी एयरलायन्सको चार्टर्ड विमानबाट उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक अनुसन्धानपछि उनीहरूलाई नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाई नेपालतर्फ निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका रहेका छन्। विक र सिंह महिला हुन्।

स्रोतका अनुसार अमेरिकी अध्यागमनले यसअघि ३७ जना नेपालीलाई निष्कासन गरेको सूचना दिएको थियो। निष्कासनमा परेका बाँकी १८ जनालाई पनि क्रमशः नेपाल ल्याइएको स्रोतले जनाएको छ।