देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिद्याको सदस्यता नवीकरण विधान महाधिवेशनको छलफलको बिषय नभएको ओलीको स्पष्टोक्ति

देशान्तर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित बिषय मात्रै उठने बताएका छन् ।

उनले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको समेत बताए । आजदेखि गोदावरीमा शुरु भएको

विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भण्डारीको नाम नलिईकन भने– केही विषयहरू उठेका छन् । ती विषयहरू विधान महाधिवेशन विधि र विधानसँग सम्बन्धित छैनन्। त्यस्ता विषयहरूमा अन्य कमिटीमा छलफल गरिने ओलीले जानकारी दिए ।