देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेस असन्तुष्ट

देशान्तर

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा सरकारसँग छलफल गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका थिए। बैठकमा महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै यसमा पार्टीले औपचारिक धारणा बनाउनुपर्ने बताएका थिए । त्यसपछि अन्य नेताहरुले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

बैठकले आगामी कात्तिक १७ गते मनाङको प्रदेशसभामा हुन लागेको उपनिर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय पनि गरेको छ । नेपालमा सूचीकृत नभएको भन्दै सरकारले यही भदौ १९ गते बिहिबारदेखि फेसबुक, युट्युबसहितका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।