देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेन–जीको उग्र प्रदर्शन, नयाँ बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू 

देशान्तर

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनका अनुसार आज साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो । निषेधित क्षेत्र तोडेर केही प्रदर्शनकारी नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । अहिले ठूलो संख्यामा प्रहरीले संसद्‌भित्रबाट सुरक्षा गरिरहेको छ । पश्चिम र दक्षिणतर्फ गेट अगाडि हजारौंको संख्यामा प्रदर्शनकारी छन् ।