देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेनजीको प्रदर्शनमा १७ जनाको मृत्यु

देशान्तर

काठमाडौँमा जारी जेनजी प्रदर्शनकारीको आन्दोलनमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। माइतीघरमन्डलामा बिहान ९ बजे शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन नयाँ बानश्वर पुग्दा हिंसात्मक बन्दै गएको थियो।

प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्ने, भित्रै आगजनी गर्ने र मुख्य गेट भत्काउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीको गोली लागेर अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। जुन अहिलेसम्म नेपालमा भएको प्रदर्शनमा सुरुकै दिन भएको ठूलो मानवीय क्षति हो।

यसअघि गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनकारीको प्रदर्शनमा एक पत्रकारलाई जिउँदै आगो लगाएका थिए भने अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो।