देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर

देशान्तर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर पुनः राखिएको छ ।

भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पु¥याएका थिए ।

उक्त घटनापछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् ।

उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौं भन्दै ब्यानर झुण्ड्याएका छन् ।