देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

देशान्तर

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीकोे शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि आज पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो । प्रसनि राई र प्रहरी जवान थापालाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, दानबहादुर कार्की, डा. मनोज केसीलगायतका प्रहरी अधिकारीले आज पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा देशभरमा प्रहरीसहित मृत्यु हुनेको संखया ५१ पुगेको जनाइएको छ । जसमा तीन प्रहरी, एक भारतीय महिलासहित छन् ।