देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगजनी र तोडफोडका घटनाको छानविन गरि दोषीहरुलाई कारवाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटनाहरुको छानविन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याएर दोषीहरुलाई कारवाहीको दायरामा ल्याइने बताएकी छन् ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुुराकानी गर्दै उनले यो घटनाको सरकारले गम्भीर रुपमा छानविन गरेर दोषीहरुलाई कारवाही गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले जेन–जी आन्दोलनको नाममा जे जस्तो कामहरू भएको छ, त्यसमा षडयन्त्रै भएको हो कि भन्ने आफूलाई लागेको पनि बताइन ।

प्रदर्शनका नाममा मुलुकको सचिवालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत सहित व्यापारिक कम्प्लेक्स र निजी सम्पत्तिमाथि आतंक मच्चाइएको विषयमा सरकारले छानबिन गर्ने उनले बताईन । प्रधानमन्त्री कार्कीले सबै पक्ष मिलेर मुलुकलाई सही दिशातर्फ अघि बढाउनु जरुरी रहेको समेत प्रष्ट पारिन् ।