काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेपछि जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई शहिद घोषणा गर्ने र उनीहरुका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन् ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार (भदौ २७) प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।





प्रतिक्रिया