काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कसैले गल्ती गरे माया नहुने बताएका छन् । अर्थ मन्त्रालयको पदभार ग्रहणपछि कर्मचारीहरुलाई निेर्देशन दिंदै खनालले भ्रष्टाचारविरुद्ध प्रतिबद्ध निर्देशन दिए ।
‘युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आहुति दिएर यो परिस्थिति सृजना भएको हो, ‘हामी सबैले पहिलो संकल्प भ्रष्टाचारविरुद्ध गर्नुपर्छ, उनले भने । उनले आफूलाई माननीय नभन्न पनि आग्रह गरेका छन् । तोकिएको उनले समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने उनको भनाई थियो ।





प्रतिक्रिया