देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार ७७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ६८० संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ११ हजार २७८ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार १९ संक्रमित छन् भने २९९ जना आइसियुमा र ९८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।