काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाल फाइनल खेलमा भारतसँग ३-० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपालले लिग चरणमा माल्दिभ्सलाई १-० ले र श्रीलंकालाई ३-२ ले हराएको थियो भने भारतसँग १-० ले पराजित भएको थियो । बंगलादेशसँग १/१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पराजित भएको हो ।





प्रतिक्रिया