देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटको किस्पाङमा बस दुर्घटना : १२ जना घाइते

देशान्तर

नुवाकोट — नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान किस्पाङ–१ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि जिल्ला त्रिशूली पठाइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

बस सडकको भित्तामा गएर ठोक्किएकाले ठूलो दुर्घटनाबाट बचेको घटनास्थलबाट पुगेर फर्किएका प्रजिअ दुलालले बताए ।