देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियामा एक नेपालीको मृत्यु

देशान्तर

काठमाडौं – वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए ।

जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।