देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा खोलाले जीप बगायो

देशान्तर

गुल्मी – हिजो आइतवार रातिदेखि परेको वर्षाका कारण गुल्मीमा खोलाले एउटा जीप बगाएको छ ।

आज सोमवार बिहान बुटवलबाट वामीटक्सार आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका ६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै जीपबाट झरेका थिए । जीपमा रहेका नौ यात्रु जीपबाट झरेलगत्तै

ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जीप बगाएर बढीघाट खोलामा पुर्याएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

खोलाले बगाएको जीप अझै फेला पर्न सकेको छैन ।

वर्षाका कारण आज बिहानदेखि बन्द रहेको रिडी–रुद्रवेणी सडक भने केहीबेर अघिदेखि सञ्चालनमा आएको सत्यवती गाउँपालिका अध्यक्ष ढकालले बताए ।