देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुुई घाइते

देशान्तर

डडेलधुरा – डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले पहिरोमा पुुरिएर अवस्थीको सोमबार राति मृत्यु भएको पुष्टि गरे । उनकाअनुसार डडेलधुरामै पहिरोमा परेर अन्य थप दुई जना घाइते भएका छन् ।

अमरगढी नगरपालिका–१ मा पहिरोमा परेर दुई जना घाइते भएको बताउँदै एसएसपी चन्दले उनीहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । घाइते दुवै जनाको परिचय भने खुुल्न नसकेको प्रहरीले जनाएको छ ।