देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोटीको शिखरमा पहिरो, ३६ घण्टादेखि यात्रु भोकभोकै अलपत्र

देशान्तर

काठमाडौं – डोटीको दिपायल नजिक खसेको पहिरोले करिब ३६ घण्टादेखि सवारी साधन रोकिएका छन्।

पहिरोले सडक अवरुद्ध गरेपछि उक्त खण्ड भएर गुड्ने करिब २६ वटा यात्रुबाहक बसका यात्रु ३६ घण्टादेखि अलपत्र परेका हुन्। दिपायलबाट करिब ६ किलोमिटर दुरीमा शिखर नरगपालिकाको सालमुनी क्षेत्रमा खसेको पहिरो पन्छ्याउन कसैले चासो नदिएको यात्रुहरूले गुनासो गरेका छन्।

३६ घण्टादेखि अलपत्र यात्रु भोकभोकै बाटोमा बस्न बाध्य छन्। पहिरो पन्छ्याउने विषयमा अहिलेसम्म कुनै पनि निकायले पहल नगरेको यात्रुको गुनासो छ।

दिपायल र सिलगढीका सरोकारवालासँग सम्पर्क हुन सकेको छैन। ‘सानो मेसिनले भएपनि पहिरो हटाउन सके यात्रुलाई सहज हुन्थ्यो,’ अछामबाट कैलाली जान लागेका पूर्ण खड्काले भने, ‘दूधे बालकदेखि वृद्धवृद्धासम्म पहिरोका कारण बीच बाटोमा अलपत्र परेका छौँ। बाटो खुलाउने विषयमा डोटीस्थित शिखर नगरपालिका, सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय मौन छन्।’

लगातारको वर्षाले सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध भएको छ। बाढी पहिरोले अधिकांश सडक क्षेत्रमा पहिरो गएको छ।