देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली नदी बस्तीमा पस्यो, बर्दियाका ४७ घर डुबानमा

देशान्तर

गुलरिया – दुई दिनदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पार गर्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण ४७ घर डुवानमा परेका छन्।

राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुवानमा परेको छ। गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुवानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए। नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले स्थानियको उद्धार गरेका छन्।

प्रजिअ सुनारका अनुसार चनौरामा ४७ घर डुवानमा परेको र ३७ घरमा पानी पसी पूर्ण क्षति भइसकेको छ। सुरक्षित स्थानमा सारिएका पिडितहरुलाई स्थानीय तहले त्रिपालहरु वितरण गरेको छ। बाढीबाट मानविय लगायत धनजनको क्षती न्युनिकरण गर्न मोटरवोटसहित तिनै तहका सुरक्षा निकाय परिचालन गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ।