सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन इनरुवा सबस्टेसनमा बाढीले क्षति पुर्याएको छ । सुनसरी खोला पस्दा ४०० केभी र २२०-१३२-३३ केभीका सबस्टेसन डुबानमा परेको हो ।
दुवै सबस्टेसन आगामी पुसभित्र सञ्चालन गर्ने लक्ष्यसाथ काम भइरहेको थियो । बाढीले सबस्टेसनको ‘कम्पाउन्ड-वाल’ बगाएको छ । जडानका लागि राखिएका उपकरण डुबेका छन् । बाढीले केही उपकरण बगाएको र कार्यालय भवन समेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिएका छन् ।
प्राधिकरणका अनुसार ४०० केभी र २२०-१३२-३३ केभी सबस्टेसनका अधिकांश संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकर जस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको थियो ।





प्रतिक्रिया